संघर्षको यात्रासंगै अघि बढेका भक्तबहादुर थामी

गणेश घिमिरे
माघ २४, इलाम
थामी नेपालमा बसोबास गर्ने एक किरात जाति हो । थामी समुदायका मानिसहरूले आफूलाई “थाङ्मी“भन्न रुचाउँछन् । यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू वोन या किराँत भन्ने गर्छन् । थामी समुदायका मानिसहरू आफ्नै भाषा थाङ्मी खाम बोल्ने गर्दछन् । थामी जाति एउटा अलग प्रकारको रितिरिवाज र संस्कार बोकेको जाति हो । आफ्नै अलगधर्म भएका थामी जातिले कुलदेवताको रूपमा भुमे(भुम्या )को पूजा गर्दछन् । थामी जातिको बसोबास धेरैजसो दोलखा र सिन्धुपाल्चोक जिल्लामा रहेको पाइन्छ । तर छिटपुट रूपमा नेपालको ७३ जिल्लामा थामीहरू रहेका छन् भन्ने तथ्याङ्क छ । यसैक्रममा इलाममा पनि थोरै मात्रामा थामि जाति रहेका छन् । बिषेश गरेर जिल्लाको माइजोगमाई गाउँपालिकाको जोगमाईमा थामि जातिको बसोबास धेरै रहेको छ । थामी जाती आदिवासी जनजाति भित्र अतिसिमान्तकृत तथा अल्पसंख्यक जातीमा पर्दछ । यो जाती आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक सबै हिसाबले पछाडि परेको जातीमध्ये एक हो । २०७८ को जनगणना अनुसार यस जातीको जम्मा संख्या ३२ हजार ७४२ रहेको छ । थोरै जनसंख्या भएको यस जाति शैक्षिक, सामाजिक क्षेत्रमा अब्बल रहेको छ ।
यस्तै एउटा उदाहरण हुन् माइजोगमाई गाउँपालिका स्थित जोगमाईका भक्तबहादुर थामी
२०३६ साल चैत्र १८ गते आमा सूर्यकुमारी र बुबा मानबहादुर थामीको साइलो सुपुत्रको रुपमा तत्कालिन जोगमाई गाविस वडानम्बर ७ मा जन्मिएका थामिको जीवन निकै संघर्षपूर्ण बितेको थियो । मध्यम परिवारमा जन्मिएका थामि अध्ययनमा भने अब्बल थिए । अमर कल्याण मावि नयाँबजारमा अध्ययन गरेका थामि कठिन संघर्ष गर्दै माबि तह पूरा गरे । कक्षा एकदेखि नै मावि तह सक्दा सम्म पहिलो दोश्रो हुँदै अघि बढेका थामि घरको काममा सधैं तल्लिन रहन्थे । घाँस, दाउरा, मेलापात गर्दै अध्ययन गरेका थामिले आफू पढ्न र घरको आर्थिक स्तरमा सुधार ल्याउन बारिमा उत्पादित कृषि उपज बिक्रि गर्न हटिया बजारमा लानेदेखि काठ बोक्ने काम समेत गरे । पढाइमा सानैदेखि अब्बल रहेका थामि कक्षा ६ बाटै राजनीतिमा रुचि राख्दथे । कक्षा ६ मा पढ्दा देखि नै नेकपा एमाले निकट अनेरास्ववियूको राजनीतिमा लागेका थामिले कक्षा १० सम्म पढदासम्म मावि तहमा बिभिन्नपदमा बसेर कुशलतापूर्वक आफनो जिम्मेवारी सम्हालेका थिए । बिकट गाउँबाट २०५५ सालमा एसएलसि पास गरेर उच्च शिक्षा अध्ययनका लागि पहिलो पटक इलाम सदरमुकाम छिरेका थामिले निकै संघर्षपूर्ण जिवन बिताउनु परयो । थामि जातिबाट एसएलसि पास गरेका उनलाई गाउँमा निकै सम्मान गर्दथे । थामि जातिको नाक राखेको भन्दै उनको गाउँमा खुशियाली मनाइएको थियो । तर भक्तबहादुर थामीलाई आफनो अगाडीको यात्रा कसरी अगाडी बढाउने चिन्ता रहन्थ्यो । उच्च शिक्षा अध्ययनका लागि इलाम सदरमुकाम छिरेका थामिले जस्तो दुख आइपर्दा पनि आफनो लक्ष्यलाई सधैं आत्मसाथ गर्दै दृणतापूर्वक अघि बढिरहे । पढाइमा अब्बल संगै राजनितिमा समेत पाइला चालेका थामि सूचना प्रबिधमा समेत रुची राख्दथे । लामो संघर्षका बीच थामिले क्याम्पस पढ्दा पढ्दै सदरमुकाममा कम्प्युटर इन्स्टिच्युट र अंग्रेजी भाषा शिक्षण गर्ने संस्था स्थापना गरेर सदरमुकाममा स्थापित हुने लक्ष्यतर्फ अघि बढे । सो क्रममा उनले खोलेको इन्स्टिच्युट जिल्लाकै प्रतिष्ठित इन्स्टिच्युट बन्न सफल भयो । दशौं हजार बिद्यार्थीलाई कम्प्युटर शिक्षा दिलाएको उनको इन्स्टिच्युबाट धेरैले रोजगारिको अवसर प्राप्त गरेभने धेरैले आफनै लगानीमा नयाँ इन्स्टिच्युट खोलेका छन् । आइटि क्षेत्रमा सफलता कमाउँदै गएका थामि त्यस समयदेखि नै बिभिन्न सामाजिक संस्थामा आबद्ध रहेर काम गर्न थालेका थिए । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको मानव अधिकार मञ्च इलामबाट सामाजिक संस्थामा आबद्ध रहेर काम थालेका थामी जिल्लामै पहिलो पटक स्थापना भएको २०६५ सालतिर स्थापित इलाम एफको संस्थापक सदस्य भएर जिम्मेवारी सम्हाले । आइटिमा दक्ष रहेका थामी रेडीयोको प्राबिधिक प्रमुख भएर जिम्मेवारी समेत सम्हाले । रेडियो कार्यक्रमहरु समेत सञ्चालन गरेका थामीको यात्रा त्यतिमै रोकिएन । उनले मानव अधिकार मञ्चको धेरै कार्यक्रमको सहजकर्ता, ब्यबस्थापक र संयोजक भएर आफना पाइलाहरु अघि बढाए । हाल थामी संस्थाको प्रशासन प्रमुख र नेपाल सरकारले संचालन गरेको जोखिममा परेका बालबालिकाको लागि निशुल्क नम्बर बाल हेल्पलाइन १०९८ को प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । सूचना प्रविधिसँग सम्बन्धितरहेर अघि बढिरहेका थामी हाल गैर सरकारी संस्था(गैसस) इलामको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् भने जनजाति महासंघ इलामको उपाध्यक्ष समेत छन् । सामाजिक संस्थामा मात्रै क्रियाशिल नरहेका थामी नेकपा एमाले इलामको राजनीतिमा पनि क्रियाशिल छन् । थामीलाई नेकपा एमाले इलामले आगामी दिनमा माईजोगमाई गाउँपालिकाको अध्यक्षको रुपमा समेत हेरेको छ । पार्टीले टिकट दिएर अघि बढाए आफू पछि नहट्ने थामी बताउनुहुन्छ । थामि एमालेका लागि सो पालिकाका लागि बलियो उम्मेद्धार समेत बन्नेछन् ।

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो
गणेश घिमिरे जेठ ७, इलाम बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन
इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको

साडे १६ लाख बढिको लागतमा एकतप्पामा खानेपानी आयोजना निर्माण गरिदै
गणेश घिमिरे बैशाख ३१, इलाम स्वच्छ, ब्यबस्थित र पर्याप्त खानेपानीको अभाव झेलिरहेका इलाम फाकफोकथुम गाउँपालिका स्थित एकतप्पाका बासिन्दाहरु अब यो
प्रतिकृया दिनुहोस